Rule 9
सरलीकृत ग्राहक पहिचान
(१) सूचक संस्थाले ऐनको दफा ७घ. बमोजिम जोखिम मूल्याड्ढन गर्दा जोखिम कम देखिएको ग्राहकलाई दफा ७च. बमोजिम सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गरी सम्बन्ध स्थापित गर्न, व्यवसायिक सम्बन्धलाई निरन्तरता दिन वा कारोबार गर्न वा गराउन सक्नेछ ।
(२) सूचक संस्थाले नेपाली नागरिकको सामाजिक तथा आर्थिक हितको लागि स्थानीय कार्यक्रमसँग सम्बन्धित विषयमा कुनै उत्पादन वा सेवा प्रवाह गर्ने भएमा नियमनकारी निकायबाट पूर्व स्वीकृति लिई सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायको अवस्था भएको ग्राहकको सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गर्न सक्ने छैनः–
(क) ग्राहक विदेशी भएमा,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रुपमा पालना नभएको मुलुकको ग्राहक वा ग्राहकको मुख्य कारोबार भएमा,
(ग) ग्राहक सम्पत्ति शुद्धीकरण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रुपमा पालना नभएको मुलुकको धितोपत्र बजारमा सूचिकृत रहेको भएमा,
(घ) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनीको विवरण सार्वजनिक रुपमा उपलब्ध हुन सक्ने अवस्था नरहेमा,
(ङ) ग्राहक वा वास्तविक धनी उच्चपदस्थ व्यक्ति भएमा,
(च) उच्च जोखिम देखिएको वा शड्ढास्पद भएको व्यक्ति भएमा, वा
(छ) वार्षिक रुपमा एक लाख रुपैया“ भन्दा बढी रकमको कारोबार हुने भएमा ।
(४) नियमनकारी निकायले सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ ।